खेलकुद

महिला फुटबल विश्वकप: मोरक्कोमाथि जर्मनीको फराकिलो जित

काठमाडौँ । फिफा महिला फुटबल विश्वकप अन्तर्गत जर्मनीले मोरक्कोमाथि फराकिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा जर्मनीले मोरक्कोलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा एलेक्जान्द्रा पोपले दुई गोल गरेकी थिइन् भने किआरा बुह्ल र ली स्कुलेरले एक एक गोल गरेकी थिइन् ।

त्यस्तै मोरक्कोकी हनाने हज र यस्मिनम्राबेटले एक एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै जर्मनीले समुह एचमा महत्वपूर्ण ३ अंक हासिल गर्दै शानदार शुरुवात गरेको छ । समुह एचमा जर्मनी र मोरक्कोका अलावा कोलम्बिया र दक्षिण कोरिया रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *