खेलकुद

महिला विश्वकपमा नेदरल्याण्डसले पोर्चुगललाई हरायो

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकपमा नेदरल्याण्डसले पोर्चुगललाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा नेदरल्याण्डसले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्याण्डसको जितमा खेलको १३औं मिनेटमा स्टेफानी भान डेर ग्राग्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि नेदरल्याण्डसले समुह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यस समुहमा अमेरिकाले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ । त्यस्तै पोर्चुगल र भियतनामले भने आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *