खेलकुद

डेभ्यु खेलमा निर्णायक गोल गर्दै मेसीले इन्टर मियामीलाई जिताए

काठमाडौँ । लियोनेल मेसीले डेभ्यु खेलमा गोल गर्दै इन्टर मियामीलाई जित दिलाएका छन् ।

शनिबार विहान सम्पन्न खेलमा मेसीले खेलको ५४औ मिनेटमा मैदान प्रवेश गर्दै इन्टर मियामीका लागि डेभ्यु गरेका थिए । लिग कप अन्तर्गत मेक्सिकन क्लब क्रुज अजुलविरुद्धको यो खेल इन्टर मियामीले २-१ ले जितेको छ ।

मेसीले खेलको ९४औं मिनेटमा फ्रीकिक मार्फत निर्णायक गोल गर्दै इन्टर मियामीलाई जिताएका थिए ।

यसअघि खेलको ४४औं मिनेटमा रोबेर्ट टेलरले इन्टर मियामीका लागि गोल गरेका थिए भने खेलको ६५औं मिनेटमा उरिएल अनटुनाले क्रुजका लागि बराबरी गोल गरेका थिए ।

अब लिग कप अन्तर्गत दोस्रो खेलमा इन्टर मियामीले आगामी जुलाई २६ मा एटलान्टा युनाइटेडसँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *