विश्व

इराकस्थित स्वीडेन दुतावासमा आगजनी

बगदाद । इराकको राजधानी बग्दादमा रहेको स्वीडेनको दूतावासमा आगजनी भएको छ ।

बिहीबार सयौं प्रदर्शनकारीले स्वीडेनको दूतावासमा आगजनी गरेका हुन् । स्वीडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दुतावासमा आगजानी गरेका हुन ।

सयौं प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्वीडेनको दूतावासमा अचानक आक्रमण गरेको दूतावासका कर्मचारीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *