खेलकुद

युएई ए विरुद्ध नेपालको ३ विकेटको जित

काठमाडौँ । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए लाई ३ विकेटले पराजित गरेको छ ।

युएई ए ले दिएको १५८ रनको लक्ष्य पछाएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ७१ रन बनाए भने देव खनाल र सन्दीप जोराले २४-२४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११, कप्तान रोहित पौडेलले ९, प्रतिष जिसीले ८, कुशल मल्लले २ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको युएई ए ले ४४ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको थियो ।

युएई ए का लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए भने इथान डिसुजाले १८, अस्वन्थ बहालथापाले १६ रन्को योगदान गरेका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ६ विकेट लिएका थिए । भुर्तेलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै मौसम ढकालले २ विकेट लिए भने पवन सराफ र कुशल मल्लले एक एक विकेट लिए ।

योसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सान्त्वना जित हासिल गरेको छ । समुह बि मा नेपाल तेस्रो हुदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल यसअघि पाकिस्तान र भारतको ए टिमसँग पराजित भएको थियो । साथै युएई ए टिमले भने समुहका तिनै खेलमा हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *