काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्नो लागि अब युरोप फुटबलको ढोका बन्द भएको बताएका छन् ।
हाल अल नासरको प्रि-सिजन टूरमा रहेका रोनाल्डोले मिडियासँगको कुराकानीमा आफ्नो भविष्य बारे खुलेर कुरा गरेका हुन् । रोनाल्डोले अब आफु युरोपियन फुटबलमा नफर्किने स्पष्ट गरेका छन् ।
उनले भने- म सतप्रतिशत निश्चित छु की अब युरोप फुटबलमा फर्किन्न । मैले साउदी लिगको बाटो खोलेको छु र अहिले धेरै खेलाडी यस लिगमा आइरहेका छन् । युरोपियन फुटबलका लागि मेरो ढोका पुरै बन्द भयो ।’
रोनाल्डोले अगाडी भने- ‘म अहिले ३८ बर्षको भए । युरोपियन फुटबल उच्च स्तरको छ । अझ यसमा पनि प्रिमियर लिग सबै भन्दा उच्च स्तरको छ । म अब साउदी लिगमै खेल्न चाहन्छु ।’
उनले साउदी लिगले टर्किस र डच लिगलाई छिटै उछिन्ने दाबि समेत गरेका छन् ।
अहिले युवा खेलाडी पनि साउदी लिगमा आइरहेको बताउदै रोनाल्डोले आउदो एक बर्षमा अझै धेरै खेलाडी साउदी लिगमा आउने बताएका छन् ।
रोनाल्डोले साउदी लिग अमेरिकी लिग भन्दा राम्रो रहेको बताएका छन् । उनले भनेका छन्- ‘मलाई लाग्छ साउदी लिग अमेरिकी लिगभन्दा धेरै राम्रो छ ।’




