खेलकुद

‘भारत ए’विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं।कप्तान रोहित पौडेलले ‘भारत ए’विरुद्ध अर्धशतक प्रहार गरेको छ। श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ कपको दोस्रो खेलमा पौडेलले भारत एविरुद्ध अर्धशतक प्रहार गरेका हुन्।

पौडेलले ६८ बलमा ६ चौकासहित ५० रन बनाएका हुन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ३१ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२३ रन बनाएको छ। नेपालका लागि ओपनर कुशल भुर्ते शून्य रनमै आउट हुँदा आशिफ शेख ७ रन बनाएर पेभेलियन फर्किएका थिए।

त्यस्तै देव खनालले १७ रन बनाउँदा भीम सार्कीले ४ र कुशल मल्ल शून्यमै आउट भएका थिए। पाकिस्तान एविरुद्ध ७५ रन बनाएका सोमपाल कामी १४ रन बनाएर आउट भए।

पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पारजित भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *