खेलकुद

भारत ए विरुद्ध नेपालले चौथो विकेट गुमायो

काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमा नै डक आउट भएका छन् भने आसिफ सेखले ७ रन बनाएर आउट भए । त्यस्तै देव खनाल १५ रन बनाएर आउट भए भने भीम सार्की ४ रन बनाएर आउट भए ।

भारतीय बलर हर्षित राना र राजवर्धन हंगारगेकरले २-२ विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *