काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले पहिलो खेलमा पाकिस्तान ए सँग हार बेहोरेको छ भने भारत ए ले आफ्नो पहिलो खेलमा युएई ए लाई पराजित गरेको थियो ।
इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलंकामा हुँदैछ । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेलिरहेका छन् ।
इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन् ।
प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ए टिम पठाएका छन् भने नेपालले भने आगामी एशिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ ।
भारत ए विरुद्ध खेल्ने प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ सेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, किशोर महतो, गुलशन झा, देव खनाल र पवन सराफ ।




