विश्व

अष्ट्रेलियामा केन्द्रीय बैंकमा इतिहासमै पहिलो पटक महिला गभर्नर

काठमाडौं । अष्ट्रेलियाले इतिहासमै पहिलो पटक केन्द्रीय बैंकको गभर्नरमा महिलालाई नियुक्त गरेको छ । त्यहाँको अर्थमन्त्रालयले हाल रिजर्भ बैंक अफ अष्ट्रेलियामा डेपुटी गभर्नर रहेकी मिसेल बुलकलाई बैंक सम्हाल्ने जिम्मा दिएको हो ।

बुलक आरबीएकी नवौं गभर्नर हुन् । बैंकको ६३ वर्षे इतिहासमा बुलक गभर्नर नियुक्त हुने पहिलो महिला हुन् । सेप्टेम्बर १७ मा फिलिप लोवेले सात वर्षे कार्यकाल पूरा गरेका थिए । बुलक लोबेको ठाउँमा आएकी हुन् ।

बुलकले सन् १९८५ मा पहिलो पटक विश्लेषकको रुपमा आरबीएमा आएकी थिइन् । उनी सन् २०२२ को अप्रिलयता डेपुटी गभर्नर थिइन् । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *