खेलकुद

एसीसी इमर्जिङ नेसन्स टिम्स कप आजदेखि

काठमाडौं । आजदेखि श्रीलंकामा एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता शुरु हुदै छ ।

इमर्जिङ टिम्स एसिया कप आजदेखि जुलाई २३ सम्म श्रीलंकामा हुँदैछ । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्दै छन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन् ।

प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ए टिम पठाएका छन् भने नेपालले भने आगामी एशिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ ।

नेपाली टिममा करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई बाहिर राखिएको छ । जसमा सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा समावेश गरिएको छैन ।

त्यस्तै टिममा समावेश गरिएका आरिफ सेखले निजी कारणले आफ्नो नाम फिर्ता लिएपछि उनको ठाउमा अल राउण्डर पवन सराफलाई टिममा समावेश गरिएको छ ।

यस प्रतियोगितामा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरालाई अवसर दिइएको छ ।

प्रतियोगिताको पहिलो दिन समुह ए अन्तर्गत श्रीलंका ए र बंगालदेश ए तथा ओमान ए र अफगानिस्तान ए टिम खेल्दै छन् ।

नेपालले भने आफ्नो पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *