देश

पहिरोका कारण तीनवटा राजमार्ग अवरुद्ध, १३ वटा एकतर्फी सञ्चालन

काठमाडौं । बाढीपहिरोका कारण देशभरका तीन वटा राजमार्ग अवरुद्ध भएका छन् ।

सडक विभागको आज बिहान साढे सात बजेसम्मको तथ्यांकअनुसार तीन वटा राजमार्ग पूर्णरुपमा ठप्प छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् ।

हाल मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा आवातजावत पूर्ण रुपमा बन्द छ । यस्तै तमोर करिडोरअन्तर्गत पाँचथरकै माझिटार, हेवा खोलामा सडक अवरुद्ध भएको छ । यो सडक खण्ड चतरा मुलघाट सुभाङखोला हुँदै गएको छ ।

यसैगरी, कोशी राजमार्गअन्तर्गत संखुवाभाको हाइटारमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ । अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहेको विभागले जानकारी दिएको छ ।

विभागले हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सञ्चालनमा आइसकेको जनाएको छ । यो वर्ष मात्रै ७३ वटा सडक खण्ड अवरुद्ध भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *