काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कपको फाइनलमा आज नेपाल र घरेलु टिम मलेसियाबीच भिडन्त हुदै छ ।
खेल मलेसियाको बायुएमास ओभलमा नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने छ ।
नेपालले सेमिफाइनलमा सिंगापुरलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने मलेसियाले हङकङलाई पराजित गर्दै सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपाल यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । नेपालले २०१९ मा थाइल्याण्डमा सम्पन्न यू-१६ इष्ट जोन कपको फाइनलमा मलेसियालाई नै पराजित गरेर च्याम्पियन बनेको थियो ।




