मुख्य समाचार

गिरिजाको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिने बताएका छन्।

गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गिरिजामा अदम्य साहस र निर्णय क्षमता रहेको बताए ।

उनले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो।’ गिरिजाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *