खेलकुद

स्मिथको शतकसँगै पहिलो इनिङमा अष्ट्रेलियाले बनायो ४१६ रन

काठमाडौँ । एशेज सिरिजमा अष्ट्रेलियाले पहिलो इनिङमा ४१६ रनमा अलआउट भएको छ ।

एशेज सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंङ गरेको अष्ट्रेलियाले दोश्रो दिनको पहिलो सिजनमा ४१६ रन बनाएको हो ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले शतकिय पारि खेले । उनले ११० रन बनाएका हुन् । स्मिथले आफ्नो करियरको ३२ औं शतक बनाएका हुन् ।

यस्तै ट्रेभिस हेडले ७७, डेभिड वार्नरले ६६, मार्नस लाबुसचेनले ४७, कप्तान एलेक्स क्यारिले २२ र कप्तान प्याट कमिन्सले अविजित २२ रन बनाए ।

ईङल्याण्डका लागि बलर ओली रबिन्सन र जोस टंगले ३–३ विकेट लिए ।

जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान एक–एक विकेट लिए । ईङल्याण्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *