काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत वेस्ट इन्डिजले नेदरल्याण्डसलाई ३७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि निकोलोश पुरनले शतकिय पारि खेले । उनले ६५ बलमा विस्फोटक अविजित १०४ रन बनाए ।
यस्तै ब्रेण्डन किंग ७६, जोनसोन चाल्र्स ५४, कप्तान साही होप ४७, केमो पाउलले अविजित ४६ र सामारहा ब्रुक्सले २५ रन बनाए ।
नेदरल्याडसका लागि बलर बस दि लिदी र सक्युब जुलफिकरले समान २–२ विकेट लिए । यस्तै लोगान भान विक र विभियन किंगामाले एक–एक विकेट लिए ।




