काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत घरेलु टोली जिम्बाबेले अमेरिकालाई विशाल लक्ष्य प्रदान गरेको छ ।
हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४०८ रन बनाएको छ ।
जिम्बाबेका लागि कप्तान सेन वीलिम्सनले १०१ बलमा १७४ रनको शतकिय पारि खेले । यस्तै जोयलर्ड गुम्बेले ७८, सिकन्दर राजाले ४८, राय बर्लले ४७ र इनोसेन्ट कालाले ३२ रन बनाए ।
अमेरिकाका बलर अभिषेक पराधकरले ३ विकेट लिए । यस्तै जे सिंहले २ तथा नोस्तुस केन्जीजले एक विकेट लिए ।




