काठमाडौँ । नेपालले दोस्रो सफलता हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेपालले दिएको १६८ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले दोस्रो विकेट गुमाएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन् । सन्दीपले नेदरल्याण्डसका ३ रन बनाएका वेस्ली बारेसीलाई आउट गरेका हुन् । यस अघि पहिलो विकेट पनि सन्दीपले नै लिएका थिए ।




