काठमाडौँ । नेपालले वेस्टइन्डिजविरुद्ध शानदार शुरुवात गरेको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजलाई नेपालले पहिलो पावरप्लेको १० ओभरमा ३० रनमा रोकेर २ विकेट लिएको छ ।
नेपाली बलर करण केसी र गुलशन झाले एक एक विकेट लिए । वेस्टइण्डिजका काइल मेयर्स १ रन बनाएर आउट भए भने जोहन्सन चार्लेज शुन्यमा आउट भएका हुन् ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग पहिलो पटक खेलिरहेको छ ।




