काठमाडौँ । चेल्सीबाट खेल्ने मोरक्कोका स्टार विंगर हाकिम जियाच पनि साउदी प्रो लिग जाने निश्चित भएको छ । जियाचलाई साउदी प्रो लिग क्लब अल नासरले भित्र्याउने निश्चित भएको हो ।
योसँगै जियाचले अब अल नासर क्रिस्टियानो रोनाल्डोसँग खेल्ने भएका छन् ।
अयाक्सबाट २०२० मा चेल्सीमा आएका जियाचले चेल्सीमा नियमित खेल खेल्न नपाएपछि असन्तुष्ट रहेका थिए । गत जनवरीको ट्रान्सफर विन्डोमा उनी पिएसजी जाने निश्चित भएको भएपनि कागजी प्रक्रिया नमिलेका कारण उनको ट्रान्सफर रोकिएको थियो ।
अब ३० बर्षिय जियाचले अल नासरसँग तीन बर्षको सम्झौता गरेका छन् । अल नासरले जियाचका लागि चेल्सीलाई करिब ६० मिलियन डलर दिने सहमति भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । जियाचलाई अल नासरले दिने पारिश्रमिकको बारेमा भने स्पष्ट जानकारी आएको छैन ।
त्यस्तै चेल्सीबाटै खेल्ने सेनेगलका गोलकिपर एडोउआर्ड मेन्डी पनि साउदी क्लब अल अहलीमा जाने निश्चित भएको छ ।
गत जनवरीमा क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएपछि अहिले चर्चित खेलाडी साउदीतर्फ जाने क्रम बढेको छ । अहिलेसम्म करिम बेन्जमा, एन्गोलो कान्टे साउदी लिगमा जान सम्झौता गरिसकेका छन् । त्यस्तै दर्जनभन्दा बढी युरोपमा खेल्ने खेलाडीहरुलाई विभिन्न साउदी क्लबहरुले भित्र्याउन अहिले छलफलमा रहेका छन् ।




