खेलकुद

आयरल्याण्डलाई हराउदै स्कटल्याण्डको विजयी शुरुवात

काठमाडौँ । स्कटल्याण्डले आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा विजयी शुरुवात गरेको छ ।

बुधबार समुह बि को खेलमा आयरल्याण्डलाई एक विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

आयरल्याण्डले दिएको २८७ रनको लक्ष्य पछाएको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जितका लागि अन्तिम बलमा २ रन आवश्यक रहेकोमा स्कटल्याण्डका माइकल लिस्कले रन बनाएर खेल जिताएका थिए ।

स्कटल्याण्डको जितमा माइकल लिस्कले अविजित ८९ रन बनाएका थिए । त्यस्तै क्रिस्टोफर म्याकब्रिजले ५६, मार्क वाटले ४७ रनको योगदान दिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २८६ रन बनाएको थियो ।

आयरल्याण्डका लागि कर्टिस काम्फेरले १२० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जर्ज डकरेलले ६९ रन, एन्डी म्याकब्रिनले ३२ तथा ग्यारेथ डेलानीले १९ रन बनाएका थिए ।

त्यसैगरी स्कटल्याण्डका बलर ब्राण्डन म्याकमुलेनले सर्बाधिक ५ विकेट लिए भने क्रिस सोले, मार्क वाट र क्रिस्टोफर म्याकब्रिजले एक एक विकेट लिएका थिए ।

यो जितसँगै स्कटल्याण्डले आफ्नो पहिलो खेलमा २ अंक हासिल गरेको छ । त्यसैगरी आयरल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ । आयरल्याण्ड यसअघि पहिलो खेलमा ओमानसँग पराजित भएको थियो ।

अब स्कटल्याण्डले अर्को खेल आगामी शुक्रबार युएईसँग खेल्ने छ भने आयरल्याण्डले आइतबार श्रीलंकासँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *