काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि को खेलमा आयरल्याण्डले स्कटल्याण्डलाई २८७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २८६ रन बनाएको हो ।
आयरल्याण्डका लागि कर्टिस काम्फेरले १२० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जर्ज डकरेलले ६९ रन, एन्डी म्याकब्रिनले ३२ तथा ग्यारेथ डेलानीले १९ रन बनाएका थिए ।
त्यसैगरी स्कटल्याण्डका बलर ब्राण्डन म्याकमुलेनले सर्बाधिक ५ विकेट लिए भने क्रिस सोले, मार्क वाट र क्रिस्टोफर म्याकब्रिजले एक एक विकेट लिएका थिए ।




