खेलकुद

कुवेतविरुद्ध खेल्ने यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलका लागि नेपालले नेपालले आज ३:४५ बजेदेखि कुवेतविरुद्ध खेल्ने प्लेइङ- ११ को घोषणा गरेको छ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्ध उत्रिएको टोलीलाई नै कुवेतविरुद्ध निरन्तरता दिएका छन् । जसमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्समा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द छन् भने मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट र लाकेन लिम्बु रहेका छन् । त्यस्तै फरवार्डमा अन्जन विष्ट, मनिष डाँगी र नवयुग श्रेष्ठ रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *