खेलकुद

एएफसी कप छनोटमा मछिन्द्रले भुटानको पारोसँग खेल्ने

काठमाडौँ । लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ । एन्फाका अनुसार यो खेल अगस्ट ८ मा हुने छ भने खेलको स्थान अझै तय भएको छैन ।

यस खेलको विजेताले छनौट चरणको दोस्रो चरणमा अगस्त १५ मा भारतीय क्लब मोहन बगानसँग खेल्ने छ ।

यस अघि दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम संस्करण पनि मछिन्द्रले श्रीलंकाको ब्लु स्टारसँग २–० ले हारेको थियो ।

मछिन्द्रसँगै त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएपछि प्रतियोगितामा सहभागी हुन बाटो खुलेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *