खेलकुद

विश्वकप क्वालिफायरमा आज दुई खेल हुदै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज समुह बि अन्तर्गतका आयरल्याण्ड र स्कटल्याण्डबीच खेल हुदै छ भने ओमान र युएईबीच अर्को खेल हुदै छ ।

आयरल्याण्डले आफ्नो पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो भने स्कटल्याण्डले भने आफ्नो पहिलो खेल खेल्दै छ ।

त्यस्तै ओमानले पहिलो खेलमा आयरल्याण्डलाई पराजित गरेको छ भने युएईले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ ।

विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा बिभाजन गरिएको छ । जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

दुवै समुहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *