खेलकुद

पहिलो पटक लगातार दुई खेलमा विकेटविहिन बने सन्दीप

काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने पहिलो पटक लगातार दोस्रो खेलमा विकेटविहिन बनेका छन् ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत अमेरिकाविरुद्ध विकेटविहिन बनेसँगै सन्दीप पहिलो पटक लगातार दोस्रो खेलमा विकेटविहिन बनेका हुन् ।

यसअघि जिम्बाबेविरुद्ध १० ओभरमा ७७ रन दिएका सन्दीपले आजको अमेरिकाविरुद्धको खेलमा १० ओभरमा ५८ रन दिए ।

सन्दीपले खेलेका ४५ एकदिवसीय खेल मध्ये योसहित चार खेलमा विकेटविहिन बनेका छन् । यसअघि आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु मैदान टियु मैदान ओमानविरुद्ध दुबै खेलमा विकेटविहीन बनेका थिए ।

अहिलेसम्म ४५ एकदिवसीय खेल खेलेका सन्दीपले कुल १०४ विकेट लिएका छन् । उनको नाममा एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट लिएको किर्तिमान रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *