खेलकुद

अमेरिकाले छैटौं विकेट गुमायो, ललितले लिए विकेट

काठमाडौं । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको अमेरिकाले छैटौं विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए को खेलमा नेपालविरुद्ध अमेरिकाले आफ्ना छैटौं विकेट गुमाएको हो ।

नेपालका लागि छैटौं विकेट ललित राजबंशीले लिएका हुन् । ललितले ४२ रन बनाएर खेलिरहेका सुशान्त मोदानीलाई आउट गरेका हुन् ।

नेपालका लागि यसअघि करण केसीले चार र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *