खेलकुद

जिम्बाबेविरुद्ध आसिफको पनि अर्धशतक

काठमाडौँ । आसिफ सेखले जिम्बाबेविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत जारी खेलमा आसिफले अर्धशतक पुरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा आसिफको यो नवौं अर्धशतक हो ।

आसिफले ८२ बलमा ६ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका छन् ।

अहिले कुशल भुर्तेल ९२ रन बनाएर खेलिरहेका छन् भने आसिफ ५५ रन बनाएर खेलिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *