खेलकुद

फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं । फिलिपिन्सले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा १-० को जित हासिल गरेको छ ।

फिलिपिन्सको मनिलास्थित रिजल मेमोरियल रंगशालामा विहिबार सम्पन्न खेलमा फिलिपिन्सले खेलको ४९औं मिनेटमा गोल गर्दै नेपाललाई पराजित गरेको हो ।

यसअघि पहिलो हाफमा नेपाल र फिलिपिन्स गोलरहित बराबरी खेलेका थिए ।

नेपालविरुद्ध फिलिपिन्सको यो छैटौं खेलमा चौथो जित हो ।

फिफा वरियतामा १३६औँ स्थानमा रहेको फिलिपिन्ससँग १७४औँ स्थानमा रहेको नेपालले यसअघि ५ खेल खेलेकोमा एक जित हासिल गरेको थियो । त्यस्तै फिलिपिन्सले ३ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *