खेलकुद

पहिलो हाफमा नेपाल र फिलिपिन्स गोलरहित बराबरी

काठमाडौं । नेपाल र फिलिपिन्स बीचको मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिएको छ ।

नेपाल र फिलिपिन्स पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

आजको खेलमा नेपालका लागि मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।

फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले लाकेन र विमललाई सुरुवाती रोजाइमा खेलाउँदै डेब्यु गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *