मुख्य समाचार

कोशीको सरकार बचाउन मधेशमा विश्वासको मत

काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि यसको कारण खोज्न थालिएको छ ।

मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेले विश्वासको मत दिएर कोशी प्रदेशमा ढल्न लागेको आफ्नो नेतृत्वको सरकार बचाउने प्रयास गरेको रुपमा बुझिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले पनि यस्तै संकेत गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताका विरुद्ध मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।

उनले भनेका छन्-

जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा(एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर वाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिवेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती वन्न पुगेको छ ।

कोशीमा सरकारमा रहेको जसपा र माओवादी केन्द्रले यसअघि नै सरकारलाई दिएको फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ । अब एमालेले आफ्नो कोशी प्रदेशको सरकार बचाउन मधेशमा आफ्नो कार्ड फालेको बुझिएको छ । कोशीमा जसपाको एक मात्र सांसद रहेका छन् र जसपा सांसदनै सरकार बनाउन निर्णायक रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *