काठमाडौँ । हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत पाकिस्तानले नेपाललाई ८८ रनओ लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरको पाकिस्तानको ए टिमले १९.२ ओभरमा अल आउट हुदै ८७ रन बनाएको हो ।
अहिले नेपालले आफ्नो जवाफी ब्याटिंग शुरु गरिसको छ र यो समाचार तयार गरुन्जेल नेपालले ८ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।
१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समुह ए मा रहेको छ ।
नेपालले पहिलो खेल आज पाकिस्तानको ए टिमसँग खेल्दै छ भने दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।
नेपाली टीम- रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी ।




