काठमाडौँ । विश्व टेस्ट च्याम्पियन्सिपमा भारतलाई पराजित गरेर च्याम्पियन बनेको अस्ट्रेलिया आइसीसीका सबै प्रतियोगिता जित्ने पहिलो टिम बनेको छ ।
टेस्ट च्याम्पियन्सिपको फाइनलमा आइतबार भारतलाई २०९ रनले पराजित गर्दै अस्ट्रेलियाले आइसीसीका सबै प्रतियोगिता जितेको हो ।
अस्ट्रेलियाले आइसीसीका प्रतियोगिताहरुमा एकदिवसीय विश्वकप पाँच पटक, टी-२० विश्वकप एक पटक, च्याम्पियन्स ट्रफी दुई पटक र यस पटक विश्व टेस्ट च्याम्पियन्सिप जितेर आइसीसीका सबै प्रतियोगित जित्ने टिम बनेको हो ।
अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७, २०१५ गरी पाँच पटक एकदिवसीय विश्वकप जितेको थियो । त्यस्तै २०२१ को टी-२० विश्वकप जितेको थियो ।त्यसैगरी अस्ट्रेलियाले २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।
अस्ट्रेलियाले १९७१, जनवरी ५ मा पहिलो एकदिवसीय खेल खेलेको थियो भने २००५, फेब्रुअरी १७ मा पहिलो टी-२० खेलेको थियो भने १८७७, मार्च १५ मा पहिलो टेस्ट खेलेको थियो ।




