खेलकुद

स्कटल्याण्डविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै छ ।

आजको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै छ । आजको अभ्यास खेलमा स्कटल्याण्डले टस जितेर पहिला बलिङ गर्ने भएको छ

नेपाली टिमसँग प्रशिक्षक मोन्टी देसाई पनि दक्षिण अफ्रीका पुग्ने क्रममा रहेका छन् । उनी बुधबार साँझ भिसा प्राप्त गरेसँगै विहिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

दक्षिण अफ्रिकामा रहदा नेपालले आज स्कटल्याण्डसँग र जुन २६ मा नेदरल्याण्डससँग अभ्यास खेल खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *