काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीहरुको तर्फका वकिलहरूले बहस थालेका छन्।
आइतबारदेखि मंगलबारसम्म सरकारी वकिलहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुको बयान लिएका थिए । सो बयानमा सरकारी वकिलहरुले ओरोपितहरुलाई थुनछेक गर्ने विषयमा बयानका क्रममा दिएको प्रमाण र अनुसन्धानबाट खुलेको यर्थाथ नै प्रतिवादीहरुलाई थुनछेकका लागि अघि बढाउने बलियो हतियार भएको बताएका थिए । तर बुधबारबाट सुरु भएको प्रतिवादीतर्फका वकिलहरुले गरेको बहसमा नक्कली भुटानी शरनार्थी प्रकरणमा आरोपित रहेका प्रतिवादीहरु निर्दोष रहेको बहस गदै आरोपितहरुलाई बचाउने किसिमको तर्क गरेका छन् ।
काठमाडौं जिल्ला अदालतमा बुधबार तीनजना प्रतिवादीहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको तर्फबाट १३ जना वकिलहरुले प्रतिरक्षा बहस सकेका छन् । बुधबार बिचौलियाका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए। दुलालको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका हुन्।
दुलालको तर्फबाट ६ जनाले बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट सबैभन्दा पहिले वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरेका छन् । सानुको पक्षमा शर्मापछि चूडामणि पोखरेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, खडानन्द कँडेल र निरसिंह कुमार खत्रीले बहस गरेका थिए ।
नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपितहरुका नीजी वकिलहरुले प्रतिवादीका वारेमा कसले कस्तो बहस गरे ?
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबार थुनछेक बहसमा भाग लिँदै कानुन व्यवसायीहरुले दुलाल आफैँ पीडित बनेको बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोििपतको रुपमा रहेका केशब दुलालालाई बुधबार उनका कानुन व्यावसायीहरु आरोपितलाई बचाउने किसिमको तर्क गरेका छन्
अधिवक्ता विकास भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी द्लालले ‘दुलालले बयानमा सन्देश शर्माले आफू र आफ्ना मान्छेसँग अमेरिका मान्छे पठाउन एक करोड रुपैयाँ दिएपनि यो सत्य नभएको बताए ।
अधिवक्ता विश्वास आचार्यले गजेन्द्र बुढाथोकी सहितका जाहेरवालाले केशव दुलालले यति रकम बुझे भनेर आरोप लगाए पनि पुष्टि गर्ने कुनै कागजातले प्रमाणीत गर्न नसकेको बताए ।
केशव दुलाल ठगीमा संलग्न रहेको भन्ने दाबी गलत रहेको दुलालका कानुन व्यावसायीहरुले निष्कर्ष निकालेका छन् ।
अधिवक्ता विकास थापाले चितवनमा गएर बायोमेट्रिक गरेर दुई करोड रुपैयाँ लिएको कुरा बायोमेट्रिक गरेको कुरा पुष्टि हुन नसक्ने बताए । केशव दुलालले गृह मन्त्रालयमा गएर लिखत परिवर्तन गरे भन्ने आरोपको आधार नभएको उनको भनाइ छ ।
अधिवक्ता योगेन्द्र अधिकारीले गृह मन्त्रालयमा भएको डकुमेन्ट थपघट गर्न केशल दुलालको भूमिका कसरी हुन्छ भन्ने प्रश्न गरे । उनले दफा तोकेर आरोप लगाउँदैमा पुष्टि हुन नसक्ने दाबी गरे ।
इजलासमा अर्का प्रतिवादी सानु भण्डारीको तर्फबाट अधिवक्ता विनोद शर्माले बहस सुरु गरेका छन् । उनले भण्डारी सिमकार्ड बेच्ने मानिस रहेको भन्दै गजेन्द्र बुढाथोकीसहित ६१ जनाले जाहेरी दिएको भए पनि कुनै प्रमाणबिना नै मुद्दा अघि बढेको उनको दाबी छ ।
यस्तै अधिवक्ता नरबहादुर योगीले २०७० सालदेखि केशव दुलालकी पत्नी क्यान्सर पीडित रहेको भन्दै उनलाई समेत ठगी प्रकरणमा प्रतिवादी बनाइएकोमा ‘क्यान्सर लागेर उपचाररत मान्छे ठगी प्रकरणमा सामेल हुनु आपतिजनक भएको बताए ।




