विश्व

हाइटीमा बाढी : ४२ जनाको मृत्यु,१३ हजार ३ सय जना विस्थापित

हाइटी । हाइटीमा केही दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परेर कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार भारी वर्षापछि देशका विभिन्न नदीहरूको जलस्तर उच्च तहमा पुगेसँगै आकस्मिक बाढीदेखि भूस्खलनसम्मका घटनाहरू भएका थिए ।

बाढीका कारण १३ हजार ३ सय जना विस्थापित भएका छन् भने कम्तीमा ११ जना बेपत्ता भएका छन् । देशभर वर्षा जारी रहेसँगै सोमबार मृतकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *