खेलकुद

सातदोबाटोसँग हार्यो आर्मी

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मीलाई पराजित गरको छ ।

शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोको जितमा शिव सुवेदी र दिपक राज सिंह ठकुरीले एक एक गोल गरेका थिए भने आर्मीका लागि एक गोल नवयुग श्रेष्ठले एक गोल फर्काए थिए ।

खेलको दोस्रो मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको २९औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ६३औं मिनेटमा दिपकले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाएका थिए ।

यो सातदोबाटोको नवौं जित हो । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । त्यस्तै आर्मीको २४ खेलमा ३० रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *