खेलकुद

श्रीलंकामाथि अफगानिस्तानको ६ विकेटको जित

काठमाडौँ । अफगानिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

श्रीलंका टूरमा रहेको अफगानिस्तानले पहिलो एकदिवसीय खेलमा घरेलु टोली श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २६९ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक ९८ रन बनाए भने रहमत शाहले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान हशमतुल्लाह शाहिदीले ३८ र मोहमद नावीले अविजित २७ रन बनाए ।त्यस्तै श्रीलंकाका बलर कसुन राजिथाले २ विकेट लिए भने लाहिरु कुमारा र माथीशा पाथिरानाले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा अल आउट हुदै २६८ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ असलंकाले ९१ रन बनाए भने धनन्जय डि सिल्भाले ५१ रन बनाए । त्यस्तै पथुम निस्साकाले ३८, दुशान हेमान्थाले २२, कप्तान दसुन शनाकाले १७ रन बनाएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर फजाल्लाहक फारुकी र फारीद अहमदले २-२ विकेट लिए भने अजमतुल्लाह ओमाराजै, मुजीब उर रहमान, नूर अहमद र मोहमद नावीले एक एक विकेट लिए ।

यो जितसँगै अफगानिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता कायम गरेको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *