खेलकुद

नेपाली महिला क्रिकेट टिम मलेसियासँग पराजित

काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा पराजित भएको छ ।

आजदेखि मलेसियामा शुरु भएको ५ टी-२० खेलको सिरिज को पहिलो खेलमा मलेसियाले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको ५१ रनको लक्ष्य पछाएको मलेसियाले १२.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १६.५ ओभरमा अल आउट हुदै ५० रन बनाएको थियो ।

मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजमा पाँच खेल हुने छन् ।

अब सिरिजको दोस्रो मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ ।

यो जित पछि मलेसियाले १-० को अग्रता हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *