खेलकुद

काभा महिला भलिबलको उपाधि भारतलाई

काठमाडौं । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भातरले जितेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा भारतले काजगस्थानलाई ३–० को सोजो सेटमा पराजित गरेको हो ।

भारतले पहिलो सेट २५–१५ ले, दोस्रो सेट २५–२ र तेश्रो सेट २५–१८ ले जितेको छ ।

च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको थिए भने अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *