विश्व

भारत कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैयाद्वारा शपथ ग्रहण

नयाँदिल्ली । भारतीय कङ्ग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले कर्नाटकको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । सिद्धारमैयाले आज कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका हुन् ।

यस्तै उपमुख्यमन्त्रीका रुपमा कङ्ग्रेसका कर्नाटक राज्य अध्यक्ष डीके शिवकुमारले शपथ लिएका छन् । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेङ्लोरको कांतिरवा रङ्गशालामा शपथ लिएका बीबीसी हिन्दीले जनाएको छ ।

सिद्धारमैया यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि कर्नाटकको १४औँ मुख्यमन्त्रीका रूपमा रहनुभएको थियो । ग्रामीणस्तरमा निकै मन पराइएका सिद्धारमैयालाई कर्नाटकका अत्यधिक लोकप्रिय नेताका रुपमा चिनिने बीबीसी हिन्दीले जनाएको छ । मे १० मा भएको चुनावमा भारतीय जनता पार्टीलाई हराउँदै कर्नाटकमा कङ्ग्रेस पुनः सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कांग्रेसले १३५ स्थानमा जित हात पारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *