काठमाडौं । शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुदैँछन् ।
गत बिहिवार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ३ बजेदेखि संकटा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।
जारी लिगमा संकटाको १६ खेलमा २० अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबको १६ खेलमा १६ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।
त्यसैगरी ३ बजेदेखि नै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा हिमालयन शेर्पाको १६ खेलमा २० अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै मनाङ मर्स्याङ्दीको १६ खेलमा २० अंक नै रहेको छ र लिगमा आठौँ स्थानमा छन् ।
त्यस्तै साँझ ६ बजेदेखि दशरथ रंगशालामा न्युरोड टिम र खुमलटारबीच खेल हुने छ ।
जारी लिगमा न्यूरोड टिमको १६ खेलमा १८ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ । त्यस्तौ खुमलटारको १६ खेलमा १७ अंक छ र लिगमा १३औं स्थानमा छ ।




