विश्व

रुसी अत्याधुनिक हाइपरसोनिक मिसाइल नष्ट गरेको युक्रेनको दाबी

काठमाडौँ । युक्रेनको वायुसेनाले अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमबाट रुसको अत्याधुनिक हाइपरसोनिक मिसाइल ‘प्याट्रियट’ नष्ट गरेको दाबी गरेको छ ।

वायुसेनाका प्रवक्ता युरी इहनातले युक्रेनको च्यानल २४ लाई जानकारी दिदै रुसी हाइपरसोनीक मिसाइल नष्ट गरेको दाबि गरेको हो ।

उनले रसियाले अमेरिकाको प्याट्रियट मिसाइल प्रणाली पुरानो भएको र रुसको हतियार विश्वकै उत्कृष्ट रहेको भनेपनि अहिले ‘किंजल’ हावामा थुप्रिएर बस्नु परेको बताएका छन् ।

युक्रेनले अप्रिलको अन्त्यमा प्याट्रियट मिसाइलको पहिलो ब्याच प्राप्त गरेको थियो ।

रुसको हाइपरसोनिक मिसाइल जसलाई युक्रेनले ढेर गरेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यस मिसाइलको प्रशंसा गरेका थिए । पुटिनले यस मिसाइललाई कसैले रोक्न नसक्ने बताएका थिए ।

यसको दायरा १२ सय माइल रहेको छ । प्याट्रियट संसारको सबैभन्दा उन्नत मिसाइल रक्षा प्रणाली मानिन्छ । एउटा प्याट्रियट मिसाइलको मूल्य ३ मिलियन डलर पर्ने बताइन्छ । अहिलेसम्म हाइपरसोनिक मिसाइललाई नष्ट गर्ने यो प्रणालीको क्षमता सार्वजनिक रूपमा अनुमान गरिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *