मुख्य समाचार

पुटिनमाथि आक्रमण प्रयासपछि रुसले गर्‍यो खरसेनमा भीषण हमला

काठमाडौं । रुसले खरसेनको रेलवे स्टेशन र सुपर मार्केटमा हमला गरेको छ । युक्रेनी सञ्चारमाध्यमका अनुसार आक्रमणमा २१ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्नका लागि युक्रेनी ड्रोनहरू पुटिनको क्रेमलिनस्थित निवासमा उडेसँगै रुसले युक्रेनको खार्सेनमा ठूलो हमला गरेको हो ।

पुटिनमाथि घातक हमलाको रुसले आरोप लगाएसँगै यो हमलालाई बदलाको रूपमा हेरिएको छ । पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रुसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *