काठमाडौं । एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । युएई ३३ ओभर एक बलमा अलआउट हुनुअघि ११७ रन बनाएको थियो । नेपालले अब उपाधि जित्न ११८ रनको लक्ष्य पाएको छ ।
मंगलबार बिहान ९ बजेदेखि सोमबार जहाँ पुगेर रोकिएको थियो, त्यहीँबाट खेल सुरु भएको हो । सोमबार वर्षाले खेल रोकिनुअघि युएई नौ विकट गुमाएर १०६ रनको अवस्थामा थियो । उसले २७ ओभर खेल खेलेको थियो ।
आज त्यहीँबाट खेल सुरु भएको हो । ललित राजवंशी ह्याट्रिक बलमा थिए । तर उनी ह्याट्रिक विकेट लिनबाट चुकेका छन् । उनले चार विकेट लिएका छन् ।




