विश्व

टर्कीका राष्ट्रपति एर्दोआन दाबी- आईएसआईका प्रमुख अल कुरासी मारिए

टर्की। टर्कीले आफ्नो कारबाहीमा आतंकवादी संगठन आईएसआईएसका प्रमुख अबु हुसैन अल कुरासी मारिएको दाबी गरेको छ ।

टर्कीका राष्ट्रपति रिजिप ताइप एर्दोआनले सिरियाका आईएसआर्ईएस प्रमुख कुरासी आफ्ना सेनाको कारबाहीमा मारिएको दाबी गरेका हुन् ।

उनले आफ्नो देशको आतंकवादविरुद्धको अभियानमा अल कुरासी मारिएको दाबी गरेका छन् ।

अल कुरासीलाई टर्कीको राष्ट्रिय खुफिया एजेन्सीले लामो समयदेखि खोजिरहेको र सोही क्रममा भएको कारबाहीमा उनी मारिएको राष्ट्रपति एर्दाेआनले बताए ।

एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा राष्ट्रपति एर्दाेआनले अल कुरासी मारिएको बताएका हुन् ।

गत ३० नोभेम्बरमा तत्कालीन प्रमुख अबु हसन अल हाशिमी अल कुरासीको मृत्यु भएको घोषणा गर्दै आईएसआईएसले उनको स्थानमा अबु हुसैन अल कुरासीलाई नियुक्त गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *