खेलकुद

अझै रोकिएन पानी, क्रिकेट मैदान ढाकियो पालले

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । लगातारको झरीले खेल प्रभावित बनेको हो ।

अहिले त्रिवि क्रिकेट मैदान पालले पूरै ढाकिएको छ । वर्षाले मैदान भिज्न नपाओस् भनेर पालले छोपिएको हो । वर्षाका कारण ओभर छोट्याउने प्रयास भइरहेको छ । सम्भव भएसम्म २० ओभरसम्म आजै खेलाउने तयारी छ ।

नेपाल र युएईबीचको फाइनल खेलका लागि दुई दिनको समय छुट्याइएको छ । मंगलबार पनि खेल हुनेछ । हालसम्म १६ ओभर खेलेको युएई नौ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा छ ।

यदि अब एउटा मात्र विकेट झरेमा युएई सस्तैमा आउट हुने छ । नेपाललाई थोरै ओभर दिए पनि पूरा गर्ने देखिन्छ । अहिले क्रिकेट प्रेमी भिजेर भए पनि मैदानमै रहेका छन् । उनीहरू एक घन्टा भए पनि पानी रोकिने आशमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *