खेलकुद

ओमानविरुद्ध कुवेत १३० रनमा समेटियो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा कुवेत १३० रनमा अल आउट भएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले ३१.३ ओभरमा अल आउट हुदै १३० रन बनाएको छ ।

कुवेतका लागि अदनान इद्रिसले सर्बाधिक ३४ रन बनाए भने साएद मोनिबले २८, यासिन पटेलले १७ तथा रभिजा सन्दरुवान र कप्तान मोहमद अस्लामले १२-१२ रन बनाएका थिए ।

कुवेतका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

त्यस्तै ओमानका बलर जय ओडेड्राले सर्बाधिक ५ विकेट लिए भने बिलाल खानले २ तथा आयान खान, जीशम मक्सूद तथा जतिन्दर सिंहले एक एक विकेट लिए ।

अब ओमानले तेस्रो स्थान हासिल गर्नका लागि १३१ रन बनाउनुपर्ने भएको छ ।

यस खेलको विजेता इमर्जिंग टिम्स एशिया कपका लागि छनौट हुने छ । यसअघि फाइनलमा पुगेका नेपाल र युएई इमर्जिंग टिम्स एशिया कपका लागि छनौट भइसकेका छन् । खेल टियु क्रिकेट मैदानमा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *