काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेल अहिले बर्षाका कारणले रोकिएको छ ।
टियु क्रिकेट मैदान क्षेत्रमा अहिले ठुला पानी परिरहेकोले खेल फेरी सुचारु हुने सम्भावना निकै कम रहेको छ ।
वर्षाको कारण खेल हुन नसके नेपाल फाइनलमा पुग्ने भएको छ । जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल रोकिएको थियो ।
खेलको कट अफ टाइम ५ बजेर २४ मिनेट रहेको छ र सो समयसम्म खेल सकि सक्नु पर्ने हुन्छ । डकवर्थ लेविस पद्धतिको आधारमा नजिता निकाल्न अझै १२ ओभर खेल्नुपर्ने हुन्छ, जुन अब सम्भव देखिदैन । त्यस्तै खेल हुन नसकेमा सुपरबाट निर्णय हुने छ तर सुपर ओभर पनि पाँच बजेभित्र सुरु हुनुपर्ने छ । त्यस्तै सुपर ओभर पनि हुन नसकेमा भने नेपाल समूह विजेता भएका कारणले फाइनलमा पुग्नेछ ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा जारी ओमान र युएईबीचको सेमिफाइनल खेल पनि वर्षाले रोकिएको छ ।




