खेलकुद

हारसँगै हङकङ बाहिरियो, सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी कुवेत

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेल्ने भएको छ ।

समुह बी को समुह चरणको अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनलमा पुगेसँगै नेपालले आफ्नो सेमिफाइनलको प्रतिद्वन्दी पाएको हो ।

कुवेतले हङकङलाई ३० रनले पराजित गरेको थियो । कुवेतले दिएको २७३ रनको लक्ष्य पछाएको हङकनङ ५० ओभरमा अल आउट हुदै २४२ रन मात्र बनाएपछि खेल ३० रनले हारेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले ५० ओभरमा ८ विकेट गुमाउदै २७२ रन बनाएको थियो ।

यो हारपछि ४ खेलमा ५ अंकसहित हङकङ तेस्रो हुदै बाहिरिएको छ ।

त्यस्तै यो जितपछि कुवेतको समुह बि मा ४ खेलमा ६ अंक भएको छ र रनरेटको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ र सेमिफाइनलमा समुह ए को विजेता नेपालसँग खेल्ने छ । त्यस्तै समुह बि बाट युएई समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ र सेमिफाइनलमा समुह ए को उपविजेता ओमानसँग खेल्ने छ ।

अब सेमिफाइनलका दुवै खेल आगामी शनिबार हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *